थप १ सय ३९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ७ सय ५२ पुगेको छ।
यस्तै कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पहिलो २४ घण्टामा ६ सय २६ जना निको भएसँगै अहिलेसम्म १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएका छन् ।