लागुऔषधसहित दुई बंगलादेशी नागरिक पक्राउ

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १८:०४
;

काठमाडौं । अवैध लागुऔषधसहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ वहती पोखरीस्थित सडकबाट बगंलादेश ढाका ठेगाना भएका २६ वर्षीय मोहम्मद बाबुल स्लाम र अबदुल्लाह सोजललाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडकमा प्रदेश नम्बर ३–०२००१ प ५२२९ नम्बरको मोटरसाइकलमा बसिरहेको अबस्थामा लागूऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नियन्त्रित लागुऔषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँ बरामद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*