मनसुन फेरि सक्रिय, सतर्क रहन आग्रह

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार ११:००
;

काठमाडौं । मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना महाशाखाले जनाएको छ ।

पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*