१४ किलो चरेससहित ६ जना पक्राउ
दाङ । १४ किलो चरेससहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–१० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका–५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका–४ कि जुनु बुढा, सल्यान बनगाढ नगरपालिका–१२ का २८ वर्षका डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिकाका सन्तोष गुरुङ रहेका छन् ।
घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेससहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ ।










