खोलाले बगाउँदा साढे ३ वर्षीय बालकको मृत्यु

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १२:०९
;

बिर्तामोड । खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति–३ पिपलबोटे बस्तीका महेश राईका साढे ३ वर्षीय छोरा मौसम राईको मृत्यु भएको हो ।

घर बाहिर खेल्ने क्रममा बालकलाई स्थानीय हडिया खोलाले बगाएको जिल्ला प्रहरी डीएसपी राकेश थापाले जानकारी दिए ।

खोलामा खसेलगत्तै स्थानीयले उद्धार गरी नजिकैको बुधबारे बजारमा रहेको लिभिङ होप पोलिक्लिनिकमा लगिएपनि उपचारको क्रममा बालकको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*