प्रहरीले बरामद गरेको १५ किलो धातुमध्ये आधा किलो सुन, साढे १४ किलो चाँदी

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १६:०५
;

काठमाडौं । प्रहरीले बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । मंगलबार काठमाडौंको कमलादीबाट बरामद गरिएको सुनजस्तो देखिने धातुमध्ये आधा किलो मात्र सुन रहेको र अरु सबै साढे १४ किलो चाँदी भएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले जनाएको छ ।

मंगलबार एक व्यक्ति झोला फालेर भागेको र प्रहरीले उक्त झोलामा १५ किलो धातु फेला परेको थियो ।

प्रहरीले धातुसँगै झोलाबाट दुई पेस्तोल पनि बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*