एकैदिन ३ सय ११ जनामा कोरोना संक्रमण

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १६:३७
;

काठमाडौं । नेपालमा एकैदिन थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ ।

त्यस्तै एकैदिन १ सय २१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनामुक्त भएर घर फर्कनेको सङ्ख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*