कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १६:५०
;

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको निधन भएको छ ।

बझाङको बुगल गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका मन्त्रालयले जनाएको छ ।

उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*