बागमती प्रदेशमा ६० जना कोरोना संक्रमित थपिए
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशमा मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा थपिएका हुन् । काठमाडौंमा एकैदिन ४८ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, ललितपुर जिल्लामा ४ जना, भक्तपुरमा एक जना, नुवाकोटमा एक जना, रसुवामा एक जना, मकवानपुरमा एक जना र सिन्धुपाल्चोकमा ४ जना गरी ६० जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा ४ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय १८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।










