पूर्व प्रधानमन्त्री रज्जाकलाई १२ वर्ष जेल र २१ करोड रिंगिट जरिवाना

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १७:४८
;

शक्तिको दुरुपयोग र सम्पत्ति अपचलनको अभियोगमा मलेशियाको पूर्व प्रधानमन्त्री नाजिब रज्जाकलाई १२ वर्ष जेल र २१ करोड मलेसियन रिंगिट जरिवानाको सजाय सुनाएको छ । मंगलबार मलेशियन उच्च अदालतले पूर्व प्रधानमन्त्री रज्जाकलाई सो अभियोगमा १२ वर्ष जेल र २१ करोड मलेसियन रिंगिट जरिवाना तिराउने सजाय सुुनाएको हो।

उनीमाथि वान मलेशियन डेभलप्मेन्ट बीएचडी (वान एमबीडी) सँग सम्बन्धित मुद्दा चल्दै आइरहेको थियो।

मंगलबार मात्र उनको संलग्नतामा एसआरसी इन्टरनेशनल एसडीएन बीएचडीबाट चार करोड २० लाख मलेशियन रिंगिट रकम दुरुपयोग गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो।

उनीमाथि ८ अगस्ट २०१८ मा सम्पत्ति अपचल गरेको आरोप लागेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*