५ पल्ट हनुमान चालिसा पढ्नूस् कोरोना भाग्छ: सांसद ठाकुर

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १८:०३
;

नयाँदिल्ली । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ तथा सांसद प्रज्ञा ठाकुरले हरेक दिन ५ पटक हनुमान चालिसा पढ्दा कोरोना भाइरसको महामारी अन्य हुने बताएकी छिन् । भारतमा कोरोना भाइरस महामारी झन् जटिल बन्दै गएको बेला नेतृ ठाकुरले कोरोना महामारी अनत्यका लागि जनतालाई हनुमान चालिसा पढेर प्रार्थना गर्न आग्रह गरेकी हुन् ।

उनले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । हनुमान चालिसा पढ्नाले कोरोना महामारी अन्त्य हुने उनको जिकिर छ ।

उनले भनेकी छिन्– आउनूस्, हामी सबै मिलेर जनताको सुस्वास्थ्य र कोरोनाभाइरस अन्त्यका लागि हनुमान चालिसा पाँच पटक पढ्दै आध्यात्मिक पहल गरौँ ।’

भुपालकी सांसद ठाकुरले अगस्ट ५ अर्थात्, अयोध्यामा राम मन्दिर निर्माणको उद्घाटन गर्ने दिनसम्म यस्तो प्रार्थना गर्नाले महामारी अन्त्य हुने उनले दाबी गरेकी छिन् ।

आगामी अगस्ट ५ मा भूमि पूजा गर्दै राम मन्दिरको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । ठाकुरले ट्वीटरमा एक भिडिओ समेत सार्वजनिक गरेकी छन् । यससँगै भुपालमा अगस्ट ४ सम्म लकडाउन जारी रहनेछ ।

यसअघि पनि उनले संसद बैठकबाटै हिन्दू धर्मको पक्षमा साम्प्रदायीक अभिव्यक्ति दिएपछि चर्को विवाद उत्पन्न भएको थियो । यसवाहेक भाजपाका अरु सांसद तथा नेताले पनि गाईको पिसाब सेवन गर्नाले कोरोनाभाइरस नष्ट हुने प्रचारवाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*