घूस लिएको आरोपमा एक हवल्दारसहित ४ प्रहरी नियन्त्रणमा

हेटौंडा । विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएको आरोपमा एक हवल्दारसहित चार प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीहरुसँग रकम लिएको भेटिएपछि उनीहरुलाई सोमबार प्रदेश प्रहरीबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरु मकवानपुरका रातोमाटे प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय मनहरी तथा चितवनको रामनगर ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयमा कार्यरत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एसएसपी सुदीप गिरीले बताए ।
उनीहरुले आचरण विपरितको कार्य गरेको पाईएकोले प्रहरी नियमावली अनुसार कानुनी कारबाही गरिनेछ ।