मकवानपुरमा थप एक जनामा कोरोना पुष्टी

मकवानपुर । मकवानपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बागमती गाउँपालिका– २ माझगाउँका एक पुरुषमा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार ती व्यक्ति ९ दिनअघि साउदीअरबबाट आएका थिए ।
हेटौंडास्थित आइसोलेशनबाट ३४ जनाको स्वाब संकलन गरी उक्त प्रयोगशालामा पठाइएकोमा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ, ३१ जनाको नेगेटिभ आएको चौलागाईले जानकारी दिए । दुई जनाको स्वाब भने परीक्षण हुँदैछ ।
संक्रमित पुरुषको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत उनले बताए ।
यो सँगै मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमित व्यक्तिको संख्या ४७ जना पुगेको छ ।