मकवानपुरका दुईसहित चार प्रहरी निलम्बित

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार ११:०१
;

मकवानपुर । मकवानपुरका दुईससहित चार प्रहरीलाई निलम्बन गरिएको छ । सेवाग्राहीसँग विभिन्न बहानामा रकम लिएको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको चार प्रहरीलाई बुधबार निलम्बन गरिएको हो ।

निलम्बित हुनेहरुमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्षमण कुमार महतो रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*