कोरोनाको कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १३:३२
;

काठमाडौं । कोरोना भाईरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधवार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या ५२ जना पुगेको हो ।

बुधबार अन्य दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको थियो । जसमा ७० र ६८ वर्षीय पुरुषहरू छन्। उनीहरू दुबै पर्साका वासिन्दा हुन्।

उनीहरूमध्ये एकजनाको नेशनल अस्पताल र अर्कोको गण्डक अस्पतालमा मृत्यु भएको हो।

नेपालमा बुधवार मात्रै ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*