करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु
रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ ।
गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा गौर नगरपालिका–४ की ७० वर्षीय शान्तिदेवी करेन्ट लागेर घाईते भएकी थिईन् ।
करेन्ट लागेर गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










