आर्थिक प्रलोभन देखाई भीमफेदी प्रहरीमाथि दुव्र्यवहार गर्ने साह पक्राउ

मकवानपुर । ड्युटीमा खटीएका प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको भीमफेदी गाउँपालिका– २ भैसैस्थित कार्यरत प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यवहार गर्ने रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका–१० घर भएका राम गणेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१६ च ८९७१ नम्बरको मारूती भ्यानलाई रोकी चेकजाँच गरेको थियो ।
उक्त भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी संख्यामा मानिसहरू चढाएकोमा त्यस्तो नगर्न सम्झाई बुझाई गर्दा ड्युटीमा खटिएको प्रहरीमाथि दुव्र्यवहार गरेका थिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।