अब विद्यालयमा कोरोनाबारे गतिविधि सञ्चालन गर्न नपाइने

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १६:२१
;

काठमाडौं । विद्यालयमा अबदेखि कोरोना भाईरसबारे कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने भएको छ । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयमा रहेको क्वारेन्टिन तथा आइसोलेसन हटाउने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमार्फत विद्यालयहरूमा क्वारेन्टिन तथा आइसोलेन निर्माण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

भदौं १ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैंछ। भर्ना भएका विद्यार्थीको तथ्यांक भर्ने, भदौं १ गते अगावै सम्पूर्ण शिक्षकहरू विद्यालयमा पुगिसक्नुपर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

त्यस्तै शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न विद्यालयहरूलाई समेत आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*