लियो हेटौंडा सुर्योदय क्लासिकको खिर खाने कार्यक्रम मामाघरमा

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १७:२०
;

मकवानपुर । लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकले मामाघर नेपालमा खिर खाने कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुरको हेटौंडामा रहेर सडक बालकहरुको संरक्षणमा सक्रिय रहेको मामाघर नेपालमा आश्रित भन्जाहरुलाई परम्परागत साउन १५ को अवसरमा क्लबले खिर आने कार्यक्रम आयोजना गरेको हो ।

नेपालमा समाजसेवामा सक्रिय रहेको लायन्स कलबको युवा कार्यक्रम अन्तर्गत रहेको लियो क्लबहरुले विभिन्न कार्य गर्दै आएको छ । सोहि अनुसार लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको क्लवले आज हेटौंडा–११ मा अवस्थित मामाघर नेपालमा पुगेर कार्यक्रम गरेका हुन् ।

लियो क्लब अफ सुर्योदय क्लासिककी अध्यक्ष लियो अस्मिता चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा लायन्स कलब इन्टरनेशनल ३२५ बी २ नेपालका जोन चियर पर्शन लायन विकेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा लायन्स कलब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्वर (जिएलटी) लायन अरुण बर्तौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ बी २ नेपालका जिल्ला अध्यक्षका सल्लाहकार लियो सुवाश न्यौपाने, लायन्स क्लब अफ हेटौंडा सुर्योदय राइजिङका अध्यक्ष लायन प्रकाश सुवेदी, उपाध्यक्ष रेणुका बर्तौला लगायतको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा सुर्योदय अन्तर्गतका अन्य ४ वटा क्लबको सहकार्यमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ हेटौंडा सुर्योदय अन्तर्गत लियो क्लब अफ हेटौंडा सुर्योदय ,लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङग,लियो क्लब अफ हेटौंडा सुर्योदय इनोभेटिव, लियो क्लब अफ हेटौंडा सुर्योदय कृयटिभ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*