बागमती प्रदेशमा एकैदिन ५४ जना कोरोना संक्रमित थपिए
मकवानपुर । बागमती प्रदेशमा एकैदिन थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिहिवार प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, चितवन, धादिङ, दोलखा र मकवापुर जिल्लामा गरी थप ५४ जनामा संक्रमण पुष्टि भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४१, धादिङमा ४, भक्तपुरमा २, ललितपुरमा २, नुवाकोटमा २, दोलखामा १, चितवनमा १ र मकवानपुरमा १ गरी ५४ जनामा कोरोना पुष्टी भएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ६६ जना पुगेको छ ।
प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ५ सय २४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा १० जनाको मृत्यु भएको छ ।










