२ चिकित्सकसहित थप ४४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार ११:५०
;

काठमाडौँ । २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये दुईजना बारा र एकजना रौतहटका छन् ।

नारायणी अस्पतलामा डायलसिस गराउने ३ जना मृगौला विरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ । बिहीबार राति गरिएको परीक्षणमा १२ महिलासहित ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित ४४ जना मध्ये दुईजनाले आफ्नै पैसामा परीक्षण गराएका थिए ।

साउनयता पर्सामा २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*