प्रहरी र लागुऔषध कारोबारीबीच झडप, तीन प्रहरी घाइते
मोरङ । प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ ।
जिल्लाको बुढीगंगामा लागुऔषधको कारोबार भइरहेको सुचनाको आधारमा गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिरक्षाका क्रममा दुई राउण्ड गोलीसमेत चलाएको थियो ।
घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।
गम्भीर घाइतेको विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।










