देशभरका २ सय ५० प्रहरीमा कोरोना संक्रमण 

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १२:२८
;

काठमाडौं । काठमाडौंका ८१ प्रहरीसहित देशभर २ सय ५० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७२ र काठमाडौं उपत्यकाका ९ प्रहरी गरी ८१ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौं उपत्यका बाहिरका १ सय ६९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७२, उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ४०, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

हालसम्म संक्रमित प्रहरीमध्ये १ सय १ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*