सरकारको विरोधमा बालुवाटरमा प्रदर्शन, प्रहरीको हस्तक्षेप
काठमाडौं । सरकारको विरोध गर्दै प्रखर्शनमा उत्रिएको ‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यवद्धता जनाउन बालुवाटार पुगेका प्रर्दशनकारीहरुलाई प्रहरीले प्रकाउ गरेको छ । सरकारको काम कार्वाहीको विरोधमा ‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यवद्धता जनाउन बालुवाटार पुगेका उनीहरुलाई धर्ना बस्नुअघि नै प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको छ । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै इनफ इज इनफ अभियानले विरोध प्रदर्शन गरेको हो ।
प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेको ‘इनफ इज इनफ’ेका अभियन्ता विजय शिवाकोटीले जनाएका छन् । प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
शिवाकोटीका अनुसार प्रकाउ परेका मध्ये ४० जनालाई कमलपोखरी वृत्तमा राखेको छ भने २ दर्जन जति महाराजगञ्ज र दरबारमार्ग लगायतमा राखिएको छ ।
प्रहरीले पक्राउ परेकाहरु मध्ये केही सडकमा हिँडिरहेका सर्वसाधारण पनि रहेका छन् ।
प्रहरीले भने माथिको आदेश भन्दै सबैलाई पक्राउ गरेको बताएको छ ।










