आइसोलेशनमा नै कोरोना संक्रमितले जन्माइन् छोरी

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १६:५८
;

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएर आइसोलेशनमा रहेकी एक महिलाले छोरी जन्माएकी छिन् । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेशन ३१ वर्षिया महिलाले शुक्रबार छोरी जन्माएकी हुन् ।

कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

बिहीबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन ती ३१ वर्षिया महिलालाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो ।

नवजात शिशुमा कोरोना भाईरसको संक्रमण छ छैन भनी परीक्षण गर्न स्वाब संकलन गरी अस्पतालको प्रयोगशालामा पठाइएको डा. सिंहले जानकारी दिए । आईसोलेसनमा बच्चा जन्मिएको नेपालमा सम्भवत यो नै पहिलो घटना हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*