मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. जोशी

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १७:१२
;

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विश्वराज जोशी नियुक्त भएका छन् । नवनियुक्त उपकुलपति डा. जोशीलाई प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति तथा मुख्यमन्त्री पौडेलले प्रतिष्ठानलाई राजनैतिक कार्यकर्ता भर्ती केन्द्र बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिष्ठानलाई १३ जिल्लाका जिल्ला स्तरीय अस्पताललाई र निजी अस्पताललाई पनि प्रतिष्ठान मातहत ल्याउने बताएका थिए ।

बागमती प्रदेश सरकारका सामाजिक मन्त्री युवराज दुलालको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा मन्त्री दुलालले प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा आउँदो ३ महिनाभित्र आगामी ठोस कार्य योजना सार्वजनिक गर्ने बताईएको छ । उपकुलपतिको कार्यकाल ४ बर्षको हुने छ ।

प्रदेश सरकारले २०७६ आश्विन २ गतेको राजपत्रमा प्रतिष्ठान ऐन प्रकाशित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*