ट्राफिक प्रहरीमा पनि कोरोना पुष्टि
काठमाडौं । दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई प्रहरीमा शुक्रबार सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित ट्राफिक प्रहरीको बारेमा अरु कुनै जानकारी भने दिइएको छैन ।
यसअघि शुक्रबार नै प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिलेसम्म नक्सालका ७२ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।










