साउन १८ गतेबाट बसामाडीको जेसीज सप्ताह

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १८:१८
;

मकवानपुर । बसामाडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह मनाउने भएको छ । आज शुक्रबार हेटौंडामा पत्रकार सम्मलेन गरेर यसवर्ष पनि जेसीज सप्ताह मनाउने भएको हो ।

साउन १८ गतेबाट बसामाडी जेसीजले औपचारीक रुपमा आफ्ना कार्यक्रमहरु सुरुगरी २४ गतेसम्म सप्ताहव्यापी संचालन गर्ने भएको छ । बसामाडी जेसीजका अध्यक्ष विवेक बजगाईँले पत्रकार सम्मेलनमा बोल्दै अहिलेको परीस्थितीलाई मध्यनजर गरर कार्यक्रम गथरीने बताए । सामाजिक दूरी कायम गर्दै सप्ताहव्यापी कार्यक्रम गर्ने उनको भनाइ छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् १८ गते उद्घाटन तथा मास्क वितरण, १९ गते संस्कृति जर्गेनामा जेसीज युवा, २० गते वृद्धवृद्धासँग जेसीज युवा, २१ गते हाम्रो घरमा जेसीजको सहयोगी हात, २२ गते बालबालिकासँग जेसीज युवा, २३ गते आशा स्कुलमा जेसीज युवा र २४ गते वनस्खण्डी मन्दिरलाई सहयोग तथा जेसीज सप्ताह समापन लगाएतका कार्यक्रम रहेको जनाइएको छ ।

जेसीज सप्ताहव्यापी कार्यक्रमको मूल कार्यक्रम संयोजकमा कार्यकारणी उपाध्यक्ष गौतम केसीलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षद्वय रत्नदेव बज्राचार्य र सरोज पौडेललाई सह–संयोजकको जिम्मेवारी दिइएको भने प्रत्येक कार्यक्रमकोसंयोजनका लागि ७ जना कार्यक्रम संयोजकहरु समेत चयन गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*