हेटौंडामा प्रदेश प्रहरी कार्यालयको भवन ३१ करोड लागतमा बन्दै

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार ११:१६
;

मकवानपुर ।  बागमती प्रदेश प्रहरी कार्यालयको नयाँ भवन निर्माण गरिने भएको छ । बषौं अगाडी निर्माण भएको प्रहरी कार्यालयको भवन जिर्ण बन्दै गएकाले कुल ३१ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा प्रहरी भवन निर्माण गर्न लागिएको हो ।

साढे ४ तलामा एक सय २ वटा कोठाको भवन निर्माणको काम तत्काल सुरु गर्ने तयारी गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाले बताए ।

बहुबर्षिय योजना अनुसार तीन वर्षमा काम सक्नेगरी यसैवर्ष काम सुरु गरिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*