प्रशासकीय अधिकृत घुससहित पक्राउ

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार ११:४५
;

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तुलसीपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरिएको हो ।

उनीसँग १ लाख ४० हजार नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ।

त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*