भारतमा एकैदिन ५७ हजारबढी कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार ११:५५
;

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा संक्रमित हुँदा ७ सय ६४ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्रै आन्ध्र प्रदेशमा १० हजार ३ सय ७६ नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी महाराष्ट्रमा थप १० हजार ३ सय २० जना संक्रमित भएका छन् ।

यो संगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*