अज्ञात समुहद्वारा श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

महेन्द्रनगर । कञ्चनपुरमा अज्ञात समूहले धारिलो हतियार प्रयोगगरी एक जनाको हत्या गरिएको छ भने एक जना गम्भीर घाइते भएका छनु् ।
ती दुवै जना श्रीमानश्रीमती हुन् । ५५ वर्षीय श्रीमती बेलु खातीको हत्या गरिएको र उनका श्रीमान ६२ बर्षीय घनश्याम खाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गम्भीर घाइते घनश्यामको उपचारका लागि धनगढी पठाएकोमा उपचार हुन नसकी अन्यत्र पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको सोधपुछका लागि मृतककै छोरा राजेश खाती र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।