हाइस दुर्घटना हुँदा १७ जना घाइते

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १२:३१
;

डडेल्धुरा । हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुँदा बझाङ तलकोट गाउँपालिका–२ का २३ वर्षीय सुशीला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दीपेन्द्र कुँवर, १८ वर्षका अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर, ४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका पवन धामी, ६ को अनुप रोकाया घाईते भएका हुन् ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१-ख २३२३ नं. को हाईस दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

बझाङ तलकोट गाउँपालिका–२ बस्ने वर्ष ३० का हिमाल माझी (साहु) र कैलाली गोदावरी नगरपालिका–६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

घाइते १५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था समान्य रहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*