महोत्तरीको जलेश्वरमा ५ दिन निषेधाज्ञा

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १२:३८
;

महोत्तरी। समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वरमा गए रातिदेखि ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी ५ दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सो सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा ५ दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

त्यस्तै, जिल्लाको महोत्तरी गाउँपालिका-३ र वडा नं ५ मा पनि ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ ।

१ साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका १ सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।  रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*