लागुऔषधसहित हेटौंडाका नेपाल पक्राउ

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १३:३०
;

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौंडा–१५ मा बस्ने ३० वर्षीय सुरेश नेपाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको ग १ च २८१७ नं. को भुसा लोड गरी आएको पिकअप गाडीको चालकको सिट मुनी कालो पोलिथिन झोला भित्र लुकाई राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्रउ गरीएको सवारीमा डाईजेपाम १९३ एम्पुल, नुफिन २०३ ऐम्पुल र फेनारगन १८५ एम्पुल लागुऔषध बरामद गरेको हो ।

पक्राउ गरीएको सवारी र चालक नेपाल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । पक्राउ परेका उपर लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*