सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

रौतहट । रौतहटमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका– १ का ट्रक चालक २९ वर्षीय बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेका छन् ।
फतुवा बिजयपुरमा ना २ ख ६७४६ नम्बरको ट्रकमा भित्रै २१ वर्षीय युवतीलाई बलात्कार गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।
आरोपी तिनैजना उपर जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।