कार्यलय सहयोगीबाट कुटिए उपसचिव सञ्जेल

काठमाडौं । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख कार्यकक्षमै कुटिएका छन् । प्रेमप्रसाद सञ्जेललाई कार्यलयकै सहयोगीले कार्यकक्षमै कुटेका हुन् ।
उनीलाई दुईजना कार्यालय सहयोगी नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सञ्जेलमाथि कुट्ने दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सञ्जेल भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए ।