थप ३ सय १५ जनामा कोरोना पुष्टि, ९३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ को पीसीआर परीक्षण गरिएको थियो।










