नक्कली नोटसहित एक जना पक्राउ 

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १७:०१
;

काठमाडौं । नक्कली नेपाली नोटसहित एकजना पक्राउ परेका छन् । १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका–५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*