सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

डोटी । डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
बझाङ घर भई डडेल्धुरा उप क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र ल्याब असिस्टेण्ट हरि जोशी नदीमा बेपत्ता भएका हुन् ।
शैलेश्वरी मन्दिर दर्शन गरि फर्कने क्रममा शिखर गाउँपालिका – १० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताए ।