पुष्पलाल मित्रता केन्द्र मकवानपुरको सचिवालय गठन

मकवानपुर । पुष्पलाल मित्रता केन्द्र मकवानपुरको सचिवालय गठन गरीएको छ । केन्द्र शनिवार बसेको बैठकले १३ सदस्यीय सचिवालय गठन गरेको हो ।
केन्द्रका अध्यक्ष मदन दाहालको अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्वय तेजप्रसाद रुपाखेती र सिर्जना थिङ रहेका छन् । केन्द्रको सचिवमा कमानसिं पाख्रीन, उप–सचिव इश्वर ढुंगाना, कोषाध्यक्ष प्रकाश पाण्डे रहेका छन् ।
यस्तै, सचिवालय सदस्यहरुमा देवेन्द्र कोइराला, ध्रुव अधिकारी, खेमराज सापकोटा, श्रीराम दाहाल, तारानाथ खतिवडा, सरोज खनाल र पुनम भट्टराई रहेका छन् ।
केन्द्रको बैठकले मकवानपुरको दश वटै स्थानीय तहमा कमिटी निर्माण गर्ने निर्णय गरेको सचिव कमानसिं पाख्रीनले जानाएका छन् ।
यस्तै, यही साउन ३० गते विहान ७ बजे हेटौंडाको बुद्दचोकमा रक्तदान आयोजना गर्ने निर्णय पनि बैठकले निर्णय गरेको छ ।
मित्रता केन्द्र मकवानपुरको तदर्थ समिति निर्माण पछिको पहिलो बैठकमा केन्द्रका कन्द्रिय सदस्य रामकुमार एलनले कम्युनिष्ट विचारबारे बहसका लागि केन्द्र सक्रिय हुने बताए । पछिल्लो समय विधि भन्दा व्यक्तिवादी सोच विकास भइरहेको भन्दै एलनले कम्युनिष्ट पार्टीले जारी गरेका घोषणापत्र अनुसार काम भए नभएको खबरदारी तथा विचार मन्थनको साझा थलोको रुपमा केन्द्रलाई मकवानपुरमा अघि बढाउन सुझाव दिए ।