लायन्स हेटौंडा लर्ड बुद्धको नेतृत्व राउतले गर्ने

हेटौडा न्युज
१८ श्रावण २०७७, आईतवार २१:२७
;

मकवानपुर । लायन्स तथा लियो क्लब अफ हेटौंडा लर्ड बुद्धको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच लायन्स वर्ष २०१९/२० का पदाधिकारीहरुले वर्ष २०२०/२१ का पदाधिकारीहरुलाई पदस्थापित गरेका हुन् ।

लायनस क्लब अफ हेटौंडा लर्ड बुद्धका अध्यक्ष लायन बुद्ध राम श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ हेटांडा लर्ड बुद्धका संस्थापक अध्यक्ष एमजेएफ लायन ज्योती रत्न बज्रचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा लर्ड बुद्धका निवर्तमान अध्यक्ष लायन बुद्धराम श्रेष्ठले वर्ष २०२०/२१ अध्यक्ष लायन महेन्द्र राउतलाई पद हस्तन्तरण गरेका थिए । सामाजिक सेवामा क्रियाशिल लायन्स क्लबको युवा कार्यैक्रम अन्तर्गतको लियो क्लब )लियो क्लब अफ हेटौंडा लर्ड बुद्ध)को पनि पद हस्तान्तरण भएको छ ।

कार्यक्रममा सो लायन्स क्लबले आफ्नो नयाँ युवा कार्यक्रमसमेत प्रस्तुत गरेको छ । र्काक्रममा लियो क्लब अफ हेटौंडा लर्ड बुद्ध पिसको व्यानर उद्घाटन गर्दै आफ्नो नयाँ लियो सुरु गरेको हो । लियो क्लब अफ हेटौंडा लर्डै बुद्ध पिसको नेतृत्व लियो रोहित कुमार जालानले लिएका छन् ।

कार्यक्रममा लियो क्लब अफ हेटौंडा लर्डै बुद्धको नेतृत्वमा स्व. हर्ष रत्न बज्रचार्य स्मृती अक्षय कोषको समेत सथापना गरीएको छ । ग्रामिण भेगका बालबालिकाको शिक्षाका लागि सहयोग होस् भन्ने उद्देश्यका साथ सो अक्षय कोषको स्थापना गरीएको अध्यक्ष राउतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*