मकवानपुरको चित्लाङबाट ३ जना पक्राउ

हेटौडा न्युज
१८ श्रावण २०७७, आईतवार २१:५१
;

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट करिब ३ केजी ८ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका वडा नम्बर ७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, सोही ठाउँस्थित छाप टोल बस्ने ३३ वर्षीय नारायण सिंह घलान र प्रदेश नम्बर–३ ०३००१ ह ०२५९ नम्बरको अटो चालक रहेका छन् । पक्राउ परेका एक जनाको भने नाम खुलेको छैन ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

बिहान सो अटोमा शंका लागि जाँच गर्दा अटोमा सवार शुभराज र नारायणले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पदार्थ फेला परेपछि निजहरुलाई पष्क्राउ गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*