मोटरसाइकल चोरेको आरोपमा दुईजना पक्राउ
रौतहट । रौतहटमा मोटरसाइकल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पछिल्लो समय रौतहटमा मोटरसाइकल चोरीको घटनाहरु बढिरहेका बेला रौतहट प्रहरीले मोटरसाइकल चोरीको आरोपमा दुईजनालाई पक्राउ गरेको हो.।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको गोडैता नगरपालिका–६ का १९ वर्षिय रितेश कुमार बैठा तथा गुजरा नगरपालिका–९ अमतावा टोलका २१ वर्षिय दिपेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार श्रावण १५ गतेका वृन्दावन नगरपालिकाका रञ्जित रौनियारको प्रदेश २–०३–००८ प १४२३ नम्बरको टिभिएस अपाची मोटरसाईकल नेपाल टेलिकम कार्यालय नजिक पार्किङ्ग गरि राखेको स्थानबाट चोरी गरेको आरोपमा प्रहरीले वैठालाई नियन्त्रणमा लिएको छ ।
बैठाले पूर्व पश्चिम लोकमार्गमा अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बाट चलाइरहेको अवस्थामा फेला परि उनलाई मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी जनाएको छ ।
त्यस्तै प्रहरीले चन्द्रपुर– गौर सडक खण्डमा चेकिङ्गको क्रममा कागज पत्र बिनाको ना ६० प ९४१५ नंबरको २२० सि.सि.को कालो/रातो रगंको पल्सर मोटरसाइकल चोरीको मोटरसाइकल हुनसक्ने आशंकमा चौधरीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच प्रहरीले चन्द्रपुर नगरपालिका–४ स्थित आफ्नो ससुराली घर अगाडी पार्किङ्ग गरि राखेको अवस्थामा सर्लाहीका हरिवन नगरपालिका–६ का सन्तोष उप्रेतीको चोरी भएको ज ८ प ७२५ नम्बरको २०० सि.सि एन.एस. मोटरसाईकल गुजरा नगरपालिका–२ चोचा स्थित बागमती सिचाईको नहर छेउको जंगलमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा फेला पारि उनलाई बुझाएको छ ।
मोटरसाइकल चोरीका घटनामा वृद्धि भएसँगै प्रहरीले निगरानी बढाइरहेको तथा सो क्रममा चोरीका मोटरसाइकल र मोटरसाइकल चोरहरु पनि पक्राउ भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक राजन थापाले बताए ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।










