करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते
दाङ । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युत पासोमा परेर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।
छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएका छन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।










