क्वारेन्टिनका सुरक्षा गार्डले आफैलाई आगो लगाए

हेटौडा न्युज
२० श्रावण २०७७, मंगलवार १५:१५
;

रुपन्देही । जिल्लाको देवदह स्थित वडा नम्बर ७ शित्तलनगरको एक क्वारेन्टाइनमा सुरक्षार्थ खटेका गार्डले आफैलाई आगो लगाएका छन् ।

उनले क्वारेन्टाइनमै गार्ड बसिरहेका समयमा गए राती करीब ३ बजे मट्टीतेल खनाएर आगो लगाई २४ वर्षका विपिन बस्यालले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धान रहेको छ ।

सुरक्षा गार्ड बस्याल रातिको सिफ्टमा काम गर्ने गरेको र उनले आगो लगाएर के कारणले आत्महत्या प्रयास गरेका हुन् भन्ने खुल्न नसकेको देवदह नगरपालिकान प्रमुख हिरा केसीले बताएका छन् । हाल उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*