अडिटर्स एशोसियसनको स्थापना दिवस मामाघरमा
मकवानपुर । नेपाल अडिटर्स एशोसियसन मकवानपुरको को १५ औं स्थापना दिवसको कार्यक्रम हेटौंडा–११ स्थित मामाघर नेपालमा सम्पन्न गरिएको छ ।
एशोसियसनका जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठको सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय सचिव राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्थापना दिवसको अवसरमा एशोसियसनले मामाघर नेपाललाई सहयोग स्वरुप रु. ११ हजार ५ सय प्रदान गरेको थियो ।
कार्यक्रममा एशोसियसनका केन्द्रीय सदस्य प्रकाश ढकाल ,बागमती प्रदेश अध्यक्ष रामकुमार बर्तौला लगायतको उपस्थिति रहेको थियोे ।











