सवारी साधनमा पुनः जोर–बिजोर लागु

बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द
हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार ०८:४६
;

काठमाडौं । सरकारले आजबाट पुनः सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु गरेको छ । कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।

साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेटको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइने छ ।

गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*