हेटौंडा-४ युवा क्लबको नेतृत्व विकास कार्यक्रम सम्पन्न

हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार ०९:१७
;

मकवानपुर । ४ नम्बर वडा स्तरीय युवा क्लबको आयोजनमा हेटौंडामा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ को कार्यालयको सहयोगमा ४ नम्बर वडा स्तरीय युवा क्लबले नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको हो ।

युवाहरुको नेतृत्व क्षमतामा विकास गरी उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको युवा क्लबका अध्यक्ष रोजन घिमिरेले बताए ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्येनजर गर्दै सुरक्षाका विधि अपनाएर कार्यक्रम सम्पन्न गरेको उनले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीम तिमलसिना, जिल्ला युवा परिषद्का मकवानपुरका निवर्तमान अध्यक्ष सन्तोष चौलागाई र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले प्रशिक्षण दिएका थिए ।

मास्क, स्यानिटाइजरको प्रयोगसहित भौतिक दूरी कायम हुने गरी ३० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*