प्रदेश–२ का कानुन मन्त्रीलाई कोरोना संक्रमण

हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार ०९:३३
;

जनकपुरधाम । प्रदेश नम्वर २का कानुन मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

गत साउन १९ गते कोरोना परिक्षणका लागि स्वाब दिएका मन्त्री यादवको बुधबार बेलुका आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको मन्त्री यादवले संचारकर्मीलाई जानकारी दिएका छन ।

गएको साउन १८ गते काठमाडौँबाट फर्के लगतै उनले कोरोना संक्रमण परिक्षणका लागि जनकपुर अस्पतालमा उनले स्वाब संकलन गराएका थिए ।

कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको मन्त्री यादवले बताएका छन ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन अपिल गरेका छन् । मन्त्री यादव अहिले मन्त्रालयको निवासको आइसोलेशनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*